बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं हिँडेको माइक्रो र बस सुनसरीमा ठोक्कियो : ३ जनाको मृत्यु, ७ घाइते

काठमाडौं हिँडेको माइक्रो र बस सुनसरीमा ठोक्कियो : ३ जनाको मृत्यु, ७ घाइते

सुनसरीको रामधुनी नगरपालिका बडा नम्बर २ तित्रीवनमा बस र माइक्रो ठोक्किँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

सुनसरी- सुनसरीको रामधुनी नगरपालिका बडा नम्बर २ तित्रीवनमा बस र माइक्रो ठोक्किँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

इटहरीबाट काठमाडौंतर्फ गुडिरहेकाे बा५ख ३१५७ नम्बरको माइक्रो र बाग्लुङबाट विराटनगर जाँदै गरेको ना६ख ७९५ नम्बरेको बस आइतबार बिहान एकआपसमा ठोक्किएका हुन्।

दुर्घटना बिहान करिब साढे ७ बजे भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले नेपाल समयलाई जानकारी दिए।

मृतक सबै माइक्रो बसमा सवार रहेको उनले जानकारी दिए। उनीहरुको सनाखत भने हुन सकेको छैन।

घाइते सातै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, एपेक्स अस्पताल इटहरी र इनरुव अस्पताल सुनसरी लगिएको छ।

प्रकाशित: Feb 02, 2020| 08:34 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।