आइतबार, वैशाख ७, २०८२

हुबेईका नेपालीलाई लिन विशेष विमान पठाउँदै सरकार

सरकारले चीनको हुबेई प्रान्तमा रहेका नेपाली नागरिकको उद्धार गर्न विशेष विमान पठाउने भएको छ।
 |  शनिबार, माघ १८, २०७६
nespernesper

बीबीसी

बीबीसी

शनिबार, माघ १८, २०७६

vianetvianet

काठमाडौं– सरकारले चीनको हुबेई प्रान्तमा रहेका नेपाली नागरिकको उद्धार गर्न विशेष विमान पठाउने भएको छ।

triton college

कोरोना भाइरस सङ्क्रमण सुरु भएको चीनको हुबेई प्रान्तमा रहेका सबै नेपालीको उद्धार गर्न सरकारले विमान पठाउन लागेको हो।

बेइजिङस्थित नेपाली दूतावासले शनिबार सूचना जारी गर्दै हुबेईमा रहेका नेपालीको उद्धार गर्ने र इच्छुक व्यक्तिलाई सम्पर्कमा आउन भनेको छ।

यसअघि त्यस क्षेत्रमा रहेका नेपालीले आफूहरूलाई तत्काल उद्धार गर्न सरकारसँग माग गरेका थिए।

नेपालीको उद्धारका लागि एउटा विशेष चार्टर्ड विमान पठाइन लागेको र त्यसबारे विस्तृत विवरण चाँडै सार्वजनिक गरिने सूचनामा जनाइएको छ।

National life insurance

चीनसहित २० देशमा कोरोना भाइरस संक्रमण भएपछि विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी स्वास्थ्य संकट’ घोषणा गरेको छ।

चीनमा ११,००० भन्दा बढी व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ भने अहिलेसम्म २५९ जनाको मृत्यु भइसकेको छ।

चीनबाहिर नेपालसहित २२ देशमा १०० जनाभन्दा बढी व्यक्तिमा सङ्क्रमण भएको विवरण प्राप्त भएको छ।

प्रकाशित: Feb 01, 2020| 17:27 शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।