बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना भाइरस संक्रमितको उपचार गर्न भरतपुर अस्पतालमा आइसोलेसन वार्ड

कोरोना भाइरस संक्रमितको उपचार गर्न भरतपुर अस्पतालमा आइसोलेसन वार्ड

भरतपुर अस्पतालले कोरोना भाइरस संक्रमितको उपचार गर्न पाँच शय्याको आइसोलेसन वार्ड बनाएको छ
 |  शनिबार, माघ १८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ १८, २०७६

चितवन– भरतपुर अस्पतालले कोरोना भाइरस संक्रमितको उपचार गर्न पाँच शय्याको आइसोलेसन वार्ड बनाएको छ।

अस्पतालको ‘ए’ ब्लकको तेस्रो तलामा छुट्टै आइसोलेसन वार्ड बनाइएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार कोरोना भाइरसको संक्रमण देखिए वा आशंका लागेका बिरामीलाई यहीँ राखेर उपचार गरिनेछ। यसका लागि कन्सलटेन्ट फिजिसियन डा. प्रमोद पौडेल र डा. कल्याण सापकोटालाई फोकल पर्सन तोकिएको छ।

अस्पतालले भाइरसको संक्रमित बिरामीको घाँटीबाट र्‍यालको नमूना निकाली राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने जनाएको छ।

प्रकाशित: Feb 01, 2020| 11:04 शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।