बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • फेसबुक तथा युट्युबमार्फत् रकम लेनदेन गरे अब मुद्दा लाग्ने

फेसबुक तथा युट्युबमार्फत् रकम लेनदेन गरे अब मुद्दा लाग्ने

फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालबाट विज्ञापन बापतको पैसा लेनदेन गरे अब कारबाही हुने भएको छ।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

काठमाडौं- फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालबाट विज्ञापन बापतको पैसा लेनदेन गरे अब कारबाही हुने भएको छ।

नेपाल राष्ट्र बैंकले यसअघि हुँदै आएको यस्तो कारोबारलाई अबैध ठहर गर्दै कारबाही गरिने जानकारी दिएको हो।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रले एक सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा इन्टरनेट मार्फत गरिने विज्ञापन वापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने दुबै काम गैरकानुनी भएको बताएका छन्।

नेपालमा फेसबुकमा विभिन्न सामग्रीहरु प्रायोजन गर्ने क्रम तीब्र रुपमा बढिरहेका बेला राष्ट्र बैंकले यस्तो सूचना जारी गरेको हो।

विदेशी विनिमयसम्बन्धी कानून बनेपछि राष्ट्र बैंकले विदेशी मुद्रा अपचलन तथा अवैध कारोबारमा कडाई गर्न लागेको हो।

नेपालमा फेसबुकमा पेजहरु ‘बुस्ट’ गर्ने, विभिन्न सामग्रीहरुको विज्ञापन गर्ने तथा राजनीतिक दलका नेताहरुले आफ्ना सामग्री प्रायोजन गर्ने काममा वर्षेनी करोडौँ रकम सामाजिक सञ्जाल फेसबुकलाई तिर्ने गरेको पाईन्छ।

तर यो रकमको नेपालमा कुनै हिसाब नरहने हुँदा हालसम्म कति रकम विदेश गएको छ भन्ने कुराको विवरण पाउन मुस्किल छ।

त्यस्तै फेसबुककै ‘इन्स्टान्ट आर्टिकल’, युटुब सामग्री एवम अन्य विज्ञापन दिने साइटहरुमार्फत् नेपालमा पनि वर्षेनी करोडौँ रकम भित्रिने गरेको छ।

यस्तो रकम पनि विभिन्न निजी कम्पनी एवम् व्यक्तिमार्फत् नेपाल आईपुग्ने भएकाले कुनै लेखाजोखा रहने गरेको छैन।

कुनै पनि कारोबारको कर सरकारलाई तिर्नुपर्ने बाध्यात्मक कानुन विद्यमान रहेकाले यस्तो कारोबारमा राष्ट्र बैंकले कडाई गर्न लागेको हो।

यस्तो छ राष्ट्र बैंकको सूचना

No photo description available.

प्रकाशित: Jan 31, 2020| 20:05 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्