आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारत : बालबालिका बन्धक बनाउनेको प्रहरीद्वारा हत्या, श्रीमतीलाई स्थानीयवासीले मारे

भारत : बालबालिका बन्धक बनाउनेको प्रहरीद्वारा हत्या, श्रीमतीलाई स्थानीयवासीले मारे

 |  शुक्रबार, माघ १७, २०७६
nespernesper

बीबीसी

बीबीसी

शुक्रबार, माघ १७, २०७६

vianetvianet

आफ्नी एक वर्षीया छोरीको नक्कली जन्मदिन मनाउन भोज आयोजना गरेर २० बच्चालाई बन्धक बनाएका एक भारतीय पुरुषलाई प्रहरीले गोली हानेर हत्या गरेको छ ।

triton college

स्थानीय सञ्चारमाध्यमले ती व्यक्ति सुभाष बाथम भएको र हत्या आरोपित उनी धरौटीमा छुटेको बताएका छन्।

उत्तर प्रदेशको फरुखाबाद जिल्लामा उनलाई प्रहरीले मारेपछि स्थानीयवासीहरूले उनकी श्रीमतीको कुटपीट गरी हत्या गरेका छन् ।

प्रहरीसँग बाथमको १० घण्टासम्म घम्साघम्सी चलेको थियो जुनबेला प्रहरी अधिकारीले उनीसँग सम्झौता गर्न खोजेका थिए।

सुरक्षित उद्धार

National life insurance

पछि उक्त भवनमा प्रहरी जबरजस्ती पसेपछि उनी मुठभेडमा मारिएका थिए । बन्धक बनाइएका छ देखि १५ वर्ष उमेरका सबै २३ बच्चाको सुरक्षित उद्धार गरिएको छ ।

स्थानीय पत्रकार दीपक कुमार श्रीवास्तवले स्थानीयवासीले पुरै रात त्रासमा बिताएको बताए।

फरुखाबाद

‘उनीहरूमा त्रास थियो र कोही पनि सुतेनन्। उनीहरू आफ्ना बच्चाको सुरक्षा निम्ति चिन्तित थिए।’

उनले भने, ‘प्रहरीले घण्टौँसम्म उनलाई आत्मसमर्पण गर्न मनाउन खोजेको थियो। जब त्यो प्रयत्न सफल हुन सकेन त्यसपछि प्रहरीहरुले विशेष फौज मगाएका थिए।’

बाथमले आफ्नी छोरीको जन्मदिन भन्दै गाउँका बच्चाहरूलाई आफ्नो घर डाकेका थिए।

बदला

त्यसपछि उनले आफ्नी छोरी र श्रीमतीसहित सबैलाई उक्त भवनमा बन्धक बनाएका थिए।

श्रीवास्तवले भने, ‘हत्या आरोपमा आफू पक्राउ पर्नुमा बाथमले स्थानीयवासी जिम्मेवार रहेको भन्ने ठानेका थिए र उनी त्यसकै बदला लिन चाहन्थे।’

फारुखाबाद

बन्धक बनाएको ७ घण्टापछि बाथमले एक छ महिने बच्चालाई कौसीबाट एक छिमेकीलाई दिएका थिए।

छिमेकीहरूले जानकारी दिएपछि प्रहरी त्यहाँ पुगेको थियो। प्रहरीमाथि उनले आफ्नो भवनबाट प्रहरीमाथि गोली चलाएका थिए।

उत्तर प्रदेश प्रमुख ओमप्रकाश सिंहले भने, ‘उनीसँग गोलीगट्ठा रहेको थाहा पाएपछि र बम पड्काउने भन्ने धम्की दिएपछि प्रहरीले उनीमाथि आक्रमण गर्ने निर्णय गर्यो ।’

मुठभेड

‘हामीले घरभित्र पस्ने प्रयत्न गर्यौँ, सुभाष मुठभेडमा मारिए।’

गोली हानाहानमा उनकी श्रीमती, दुईजना प्रहरी र एकजना बाहिरी व्यक्ति घाइते भएका थिए।

सञ्चारमाध्यमरुका अनुसार बाथमले यसअघि स्थानीय सरकारी कार्यालयलाई पत्र लेख्दै उनको घरमा शौचालयको सुविधा नभएको र उनलाई सरकारी आवास मनाही गरिएको बताएका थिए।

फारुखाबाद

उनले आफू श्रमिक भएको र उनकी बिरामी आमाले खुला ठाउँमा शौच गर्नुपरेको बताएका थिए।

घन्टौँ लामो बन्धक काण्डमा केही टेलिभिजन च्यानलहरूले बाथमलाई सम्पर्क गरेर यदि उनको माग सरकार या अधिकारीहरूसँग पुर्याउन मन भए आफूहरूसँग कुरा गर्न आग्रह गरेका थिए।

प्रकाशित: Jan 31, 2020| 16:26 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।