बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने ५ जनाविरुद्ध मुद्दा

नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने ५ जनाविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने विभिन्न ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौं- नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने विभिन्न ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

२ जना नेपाल प्रहरीका अधिकृत, शिक्षक, टेलिकमका अधिकृत र हुलाकका खरिदारविरुद्ध बिहीबार मुद्दा दायर गरिएको हो।

अख्तियारका अनुसार प्रहरी निरीक्षक अरुणकुमार शाहले भारत बोधगयाको एउटा विश्व विद्यालयबाट बिए तहको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको र प्रहरी नायब उपरीक्षक पदमा बढुवासमेत भएको खुलेको अख्तियारले जनाएको छ।

यस्तै पूर्व प्रहरी सहायक निरीक्षक धिरेन्द्रकुमार शाहीले पनि माध्यामिक शिक्षा परिषद् उत्तर प्रदेश बोर्ड अफ हाईस्कुल एण्ड इन्टरमिडिएट एजुकेशन उत्तर प्रदेश भारतबाट उत्तिर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर प्रहरी सहायक निरीक्षकमा बढुवा भएको खुलेको अख्तियारले जनाएको छ। दुबैजना विरुद्ध अख्तियारले कैद र जरिवानाको माग दाबी गरेको छ।

यस्तै कुमारी आधारभूत विद्यालय शुक्लागण्डकी, तनहुँका शिक्षक शारदा अधिकारी (लामिछाने) ले पटना भारतबाट माध्यामिक परीक्षा उत्तीर्ण गरेको झुटा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी स्थायी नियुक्ति लिएको खुलेको अख्तियारले जनाएको छ।

नेपाल टेलिकममा कार्यरत प्राविधिक अधिकृत जयनारायण प्रसाद साहले भारतको बोधगयाको एक विश्वविद्यालयबाट बिए उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको खुलेको खख्तियारले जनाएको छ।

उनले २०४३ सालदेखि नेपाल दूरसंचार संस्थान दूरसंचार कार्यालय नक्सालमा चौथो तह, टेक्निसियन पदमा सेवा प्रवेश गरी नक्कली प्रमाण पत्रकै आधारमा २०७४ सालमा सातौं तहमा बढुवा भएको खुलेको छ।

यस्तै जिल्ला हुलाक कार्यालय, बाँकेमा तत्कालीन खरिदार पदमा कार्यरत निर्मलाकुमारी केसीले माध्यामिक शिक्षा परिषद् उत्तर प्रदेश, भारतबाट हाईस्कुल परीक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी खरिदार पदमा बढुवा भएको खुलेको छ। उनीहरुविरुद्ध अख्तियारले कैद र जरिवानाको माग दाबी गरेको छ।

प्रकाशित: Jan 30, 2020| 17:55 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।