बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेतको टिप्पर प्रकरण : पाँच बुँदे सहमतिपछि आन्दोलन फिर्ता

सुर्खेतको टिप्पर प्रकरण : पाँच बुँदे सहमतिपछि आन्दोलन फिर्ता

टिप्परको ठक्करबाट एक युवकको मृत्यु भएपछि पीडितहरुले तीन दिनदेखि सुरु गरेको आन्दोलन स्थगित भएको छ।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

सुर्खेत- टिप्परको ठक्करबाट एक युवकको मृत्यु भएपछि पीडितहरुले तीन दिनदेखि सुरु गरेको आन्दोलन स्थगित भएको छ। पीडितका आफन्त, टिप्पर मालिक र प्रशासनबीच बिहीबार भएको पाँच बुदे सहमतिपछि आन्दोलन फिर्ता भएको हो।

टिप्पर चालक राजकुमार बोहोरालाई हदैसम्मको कारबाही गर्ने, पीडित पक्षलाई कानुनबमोजिम क्षतिपूर्तिका लागि तत्काल प्रक्रिया अगाडि बढाउने, आन्दोलनका क्रममा भएका घाइतेहरुको उपचार प्रदेश सरकारले गर्ने, शवको पोष्टमार्टमपछि आफन्तलाई बुझाउने र सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिने सहमति भएको छ।

पीडितका आफन्त, टिप्पर मालिक हरि बिसी र प्रशासनबीच सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएका छन्।

पीडितका मागहरुको सम्बोधन गर्न नसकेको भन्दै मृतकका आफन्त र स्थानीयवासीले आज बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन र यातायातका साधन ठप्प पारेका थिए। आन्दोेलनका क्रममा प्रहरीको लट्ठी लागेर दैलेखका ११ वर्षीय विमल नेपाली घाइते भएका थिए।

नेपालीको एउटा दाँत झर्नुका साथै ओठमा चोट लागेको छ। सहमतिपछि प्रहरीले नियन्त्रणमा लिएका आन्दोलनकारीलाई छोडेको छ।

प्रकाशित: Jan 30, 2020| 15:32 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।