बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मकवानपुरमा ६३ किलोग्राम गाँजा र तीन सय ग्राम अफिमसहित दुई पक्राउ

मकवानपुरमा ६३ किलोग्राम गाँजा र तीन सय ग्राम अफिमसहित दुई पक्राउ

मकवानपुर प्रहरीले ६३ किलोग्राम गाँजा र तीन सय ग्राम अफिमसहित पिकअप गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौं– लागुऔषध गाँजा उत्पादनका हिसावले अग्रस्थानमा रहेको मकवानपुरमा पछिल्लो सयम दिनहुँजसो गाँजा बरामद हुन थालेको छ।

पछिल्लो एक महिनामा मात्र प्रहरीले करिव दुई सय किलोग्राम गाँजासहित १९ जनालाई नियन्त्रणमा लिइसकेको छ।

पछिल्लो पटक बुधबार बेलुका मकवानपुर प्रहरीले ६३ किलोग्राम गाँजा र तीन सय ग्राम अफिमसहित पिकअप गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ

मकवानपुर प्रहरी प्रमुख एवं । प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार पक्राउ पर्नेमा गाडी चालक रहेका बारा, पर्सौनी गाउँपालिका–६ का २८ वर्षीय रामजी साह तेली र आदर्श कोतवाल गाउँपालिका–२ का ३० वर्षीय प्रेम पटेल छन्। 

उनीहरूलाई इलाका प्रहरी कार्यालय, नेवारपानीका प्रहरी नायव निरीक्षक राजेशकुमार यादवको कमान्डमा खटिएको टोलीले हेटौडा उपमहानगरपालिका–१९, नेवारपानीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूले बा३च ५९९७ नम्बरको बोलेरो पिकअप गाडीमा २१ वटा प्लास्टिकले बेरेको पोकामा गाँजा र अफिम लुकाएर मनहरीबाट हेटौंडातर्फ लगिरहेको प्रहरीले जनाएको छ।

बुधबार बिहान प्रहरीले गोली प्रहार गरी गाँजा बोकेको कार नियन्त्रणमा लिएको थियो।

प्रकाशित: Jan 30, 2020| 13:24 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।