बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कवाडको थुप्रोले किच्दा रूपन्देहीमा एकै परिवारका चार भारतीयको मृत्यु

कवाडको थुप्रोले किच्दा रूपन्देहीमा एकै परिवारका चार भारतीयको मृत्यु

रुपन्देही– आफैंले जम्मा गरेको कवाडको बोराको खात पल्टिएर च्यापिँदा एकै परिवारका चार भारतीय नागरिकको मृत्यु भएको छ।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

रुपन्देही– आफैंले जम्मा गरेको कवाडको बोराको खात पल्टिएर च्यापिँदा एकै परिवारका चार भारतीय नागरिकको मृत्यु भएको छ।

कोठामा जम्मा गरेको बोराको थुप्रोले किच्दा भारतको बिहार राज्यको बलियास्थित तपनीगाउँका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, दुई वर्षीया छोरी सहिना खातुन र छ वर्षीय छोरा सुल्तान रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव ज्ञवालीले जानकारी दिए।

सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी पिपरहियामा भाडामा बस्दै आएका उनीहरुले आफैँले सङ्कलन गरेर राखेको बोराको थुप्रो पल्टिँदा खाटमा सुतेका उनीहरुको निस्सिएर मृत्यु भएको प्रहरी निरीक्षक ज्ञवालीले बताए।

मृतक चारैलाई आज बिहान मृतावस्थामा फेला पारिएको थियो। उनीहरुको शव परीक्षणका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

रासस

प्रकाशित: Jan 30, 2020| 12:51 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।