बिहीबार, साउन २२, २०८२

राजिव ढुंगानाको अध्यक्षतामा नेविसंघ तदर्थ समिति गठन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजिव ढुंगानाको अध्यक्षतामा नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेका छन्।
 |  बिहीबार, माघ १६, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

vianetvianet

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजिव ढुंगानाको अध्यक्षतामा नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फागुन १ गतेको बैठकको निर्णय अनुसार सभापति देउवाले ढुंगानाको अध्यक्षतामा २ महामन्त्रीसहितको तदर्थ समिति गठन गरेका हुन्।

तदर्थ समितिको महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर (पाल्पा) चयन भएका छन्। नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त हुन गएको भ्रातृ संस्था नेविसंघको तदर्थ समितिलाई ६ महिनाभित्र १२ औं केन्द्रीय महाधिवेशन सम्पन्न गर्नुपर्ने म्यान्डेट दिइएको छ।

पार्टीले बिहीबार विज्ञप्ति जारी गर्दै तदर्थ कार्यसमितिमा रहेकाहरुले आगामी केन्द्रीय महाधिवेशनमा उम्मेदवार हुन नपाउने जनाएको छ। केन्द्रीय कार्य समिति विघटन भएको मिति (२०७५ माघ २९ गते) सम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले मात्र आगामी १२ औं महाधिवेशनमा भाग लिन पाउने विज्ञप्तिमा उल्लेख छ।

संघको तदर्थ समितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र गरिने पनि विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Jan 30, 2020| 12:45 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।