बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वमन्त्रीका पीए दम्पतीकाे साउनामा निस्सासिएर मृत्यु

पूर्वमन्त्रीका पीए दम्पतीकाे साउनामा निस्सासिएर मृत्यु

पूर्वमन्त्री थममाया थापाका पीए दम्पतीकाे निसासिएर मृत्यु भएको छ।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

ललितपुर– पूर्वमन्त्री थममाया थापाका पीए दम्पतीको निसासिएर ज्यान गएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी पूर्वमन्त्री थापाका पीए दम्पती हस्त गर्वुजामगर र नेत्रकुमारी गर्वुजाको ललितपुरको तिखेदेवलस्थित क्लबमा साउनामा निस्सासिएर ज्यान गएको प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ। प्रहरीका अनुसार अक्सिजन कमीले निस्सासिएर ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनीहरूको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 30, 2020| 11:13 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।