बुधबार, भदौ ३, २०८३

वृद्धालाई बलात्कार गरेको आरोपमा तीन युवक पक्राउ

चितवनको माडीमा वृद्धामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन युवक पक्राउ गरेका छन्।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

चितवन– चितवनको माडीमा वृद्धामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन युवक पक्राउ गरेका छन्।

माडी नगरपालिका–२, शितलपुरमा वृद्धामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले माडी–४, शितलपुरका १८ वर्षीय सन्दीप भण्डारी, २८ वर्षीय रमेश सारु मगर र २५ वर्षीय सुरेश चापागाईलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पूजा भएको ठाउँबाट घर फर्किन लागेकी वृद्धालाई खोला नजिक लगेर तीन युवाले बलात्कार गरेका हुन्।

बलात्कार गरिरहेको अवस्थामा वृद्धाका दाजुले देखेपछि भण्डारीलाई घटनास्थलबाट नियन्त्रणमा लिइएको र अन्यलाई भण्डारीकै सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वृद्धालाई स्वास्थ्य परीक्षणका लागि भरतपुर पठाउने तयारी गरिएको बताइएको छ।

प्रकाशित: Jan 30, 2020| 10:16 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।