बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सभामुख सापकोटामाथि १२ वर्षसम्म प्रहरी अनुसन्धान शून्य

सभामुख सापकोटामाथि १२ वर्षसम्म प्रहरी अनुसन्धान शून्य

 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौं- सत्तारुढ नेकपाको बुधबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई आजका राष्ट्रिय दैनिक अखबारहरुले मुख्य समाचार बनाएका छन् ।

बैठकको उद्घाटन गर्दै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पारित गर्नु पर्नेमा जोड दिएको, यतीको बचाउ गरेको र सरकारले २ वर्षमा असाधारण उपलब्धी हासिल गरेको भन्दै तथ्यांक पेश गरेको विषयलाई आजका पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका छन् ।

अन्नपूर्ण पोस्ट्ले एमसीसी पारित गर्ने प्रस्ताव शीर्षकमा मुख्य समाचार छापेको छ । नयाँ पत्रिकाले केन्द्रीय कमिटी बैठकमा यतीको प्रतिरक्षामा प्रधानमन्त्री शीर्षकमा खबर लेखेको छ।

कान्तिपुर दैनिकले दुई अध्यक्षबीचको विवादका कारण अध्यक्षताबिनै नेकपाकाृ केन्द्रीय कमिटी बैठक सुरु गरिएको विषयलाई मुख्य समाचार समाचार बनाएको छ ।

उसले यतिबेला चर्को विवादमा परेको एमसीसीको विषयलाई राजनीतिक प्रतिवेदनमा समावेश नै नगरेको समाचारमा उल्लेख गरेको छ।

नेकपा केन्द्रीय कमिटी बैठकः अध्यक्षबाट यतीदेखि एमसीसीसम्मको बचाउ शीर्षकमा मुख्य समाचार छापेको आजको नागरिक दैनिकले हत्या आरोप लागेका नवनिर्वाचित सभामुख अग्नि सापाकोटाको मुद्दामा १२ वर्षसम्म प्रहरी अनुसन्धान शून्य रहेको विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको भन्दै तत्कालीन माओवादी नेता (हाल सभामुख) अग्नि सापकोटाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दर्ता भएको १२ वर्ष बित्दा पनि प्रहरीले अनुसन्धान प्रक्रिया अघि नबढाएको पाइएको छ । लामो समयसम्म प्रहरी प्रशासनले घटनाका सम्बन्धमा अनुसन्धान प्रक्रिया अघि नबढाउँदा पीडितले न्याय पाउने अवस्था टर्दै गएको समाचारमा उल्लेख छ ।

घटनाबारे सत्यतथ्य बुझ्न सर्वोच्च अदालतले ३० दिनभित्र अनुसन्धान विवरण पेस गर्न मंगलबार गृहमन्त्रालयका नाममा आदेश जारी गरेको थियो ।

तर, गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय काभ्रेलाई अनुसन्धान प्रक्रियाबारे कुनै खबर गरेको छैन् । पीडित पक्षले कारबाहीको माग गर्दै प्रहरी प्रशासनमा दिएको जाहेरी ढड्डामा थन्किएको नागरिकले लेखेको छ ।

यस्तै खरिद ऐनको प्रावधान विपरित सरकारले सेक्युरिटी प्रेस, विद्युतिय बस, रेललगायतको खरिद गर्ने निर्णय गरेको विषयलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ ।

कान्तिपुरले नाकामै पुस्तक रोकिएको विषयलाई प्राथमिकताका साथ छापेको छ भने अन्नपूर्णले गाँजा फुकुवा गर्न संसद्मा सत्तासिन नेकपाका सांसद्हरुले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको विषयलाई महत्वका साथ प्रकाशित गरेको छ ।

 

प्रकाशित: Jan 30, 2020| 07:07 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।