बुधबार, भदौ ३, २०८३

साथीको हत्या गर्ने पक्राउ

साथीको हत्या गरी फरार रहेका एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ।
 |  बुधबार, माघ १५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १५, २०७६

काठमाडौं - साथीको हत्या गरी फरार रहेका एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ।

पर्सा बीरगंज महानगरपालिका-१५ का ३० वर्षीय सुरेशकुमार साह कानुको हत्या गरी फरार रहेका बीरगंज-१६ मुरली पोखरीका ३१ वर्षीय मो. फिरोज मिया राईनलाई ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो।

ललितपुर-३ धोबिघाटस्थित जय प्रकाश अग्रवालको निर्माणाधिन घर कुर्न बसेका कानुलाई सँगै काम गर्ने राइनले ०७२ माघ २९ गते ईट्टा तथा फलामको रडले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

साथीको हत्या गरी भारतमा लुकेर बसेका राइन नेपाल आएको सूचनाका आधारमा किर्तिपुर नगरपालिका-२ देबढोकाबाट नियन्त्रणमा लिई कानुनी कारबाहीको लागि बुधबार नै महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको ब्यूरोले जनाएको छ।

मदिरा सेवनपछि विवाद हुँदा कानुको हत्या गरी राइन फरार भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 29, 2020| 18:51 बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।