बुधबार, भदौ ३, २०८३

जेलभित्र   महरा  ‘सभामुख’  र 'माननीय' चौधरी

चौधरी भएकै ठाउँ नजिकै महराले कुर्सी लगाए। र,  चौधरीतिर हेर्दै भने,‘बसौं माननीय ज्यू?’
 |  बुधबार, माघ १५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १५, २०७६

काठमाडौं– सांसद रेशम चौधरी र पूर्वसभामुख कृष्णबहादुर महरा डिल्लीबजारस्थित कारागारमा छन्।

बलात्कारको आरोप लागेका महरा पुर्पक्षका लागि थुनामा छन् भने हत्या अभियोगमा चौधरी जिल्ला अदालत कैलालीको आदेशले जेल सजाय भोगिरहेका छन्।

केही अघिसम्म निकटस्थबाहेक अरुसँग भेट नगर्ने महरा अहिले जेलमा अरुलाई भेट्न गएकाहरुसँग पनि गफिन थालेका छन्।

बुधबार पत्रकारिताका केही विद्यार्थीहरु चौधरीलाई भेट्न कारागार पुगेका थिए। चौधरी र विद्यार्थीबीच कुराकानी हुँदाहुँदै महरा पनि नजिकै आए।

दाङ र भक्तपुरबाट केही व्यक्ति महरालाई भेटन पुगेका रहेछन्। चौधरी भएकै ठाउँ नजिकै महराले कुर्सी लगाए। र, चौधरीतिर हेर्दै भने, ‘बसौं माननीयज्यू?’

‘बस्नुस् सभामुखज्यू,’ जवाफमा चौधरीले भने ।

त्यसपछि दुवैजना हाँसे।

कुरा अघि बढदै गर्दा एमसीसीको कुरा उठ्यो तर, महराले त्यस विषयमा कुनै प्रतिक्रिया देखाएनन्।

चौधरी जेलमा बसेर कविता पनि लेख्दा रहेछन्। र, उनका स्रोता हुन् महरा । चौधरी भन्छन्, ‘कहिलेकाहीँ हामीबीच कविता सुनाउने र रमाइलो गर्ने काम पनि हुन्छ।’

चौधरीको कविता बढी नै क्रान्तिकारी भएको महराको टिप्पणी छ।

चौधरीले भेट्न जानेहरुलाई आफ्ना पुस्तक उपहार दिन्छन्। चौधरीको हालै प्रकाशन भएको ‘बँधुवा कमैया’ चर्चामा छ।

प्रकाशित: Jan 29, 2020| 18:28 बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।