बुधबार, भदौ ३, २०८३

नेकपाको महाधिवेशन ०७७ चैत्रमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशन २०७७ चैत्रमा हुने प्रस्ताव गरिएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ०७७ चैत्र २५ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गरेका छन्।
 |  बुधबार, माघ १५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १५, २०७६

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशन २०७७ चैत्रमा गर्न प्रस्ताव गरिएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ०७७ चैत्र २५ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गरेका हुन्।

प्रस्तावमा राष्ट्रिय महाधिवेशन अघि ०७७ भदौदेखि मंसिरसम्म सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने जनाइएको छ। मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी समिति बैठकमा राष्ट्रिय महाधिवेशनको मिति तय गर्न अध्यक्षद्वयलाई जिम्मेवारी दिइएको थियो।

दाहालले प्रस्तुत गरेको उक्त राजनीतिक प्रतिवेदनमा महाधिवेशन अगाडि देशव्यापी अभियान फागुन १ देखि सुरु भएर असार मसान्तमा सम्पन्न गर्ने जनाइएको छ। प्रतिवेदनअनुसार आगामी फागुन १ देखि १५ सम्ममा प्रदेश, जिल्ला र स्थानीय समितिहरूले बैठक बसेर अभियानको कार्ययोजना बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

फागुन मसान्तसम्म पार्टी तथा जनवर्गीय संगठनहरू केन्द्र, जिल्ला र स्थानीय तहमा कार्यकर्ता भेला आयोजना गरी अभियानसम्बन्धी अन्य कार्यक्रम सञ्चालन गर्ने, चैत र वैशाखमा केन्द्रीय संगठन विभागको योजना र निर्देशनअनुरुप सदस्यता नवीकरण सम्पन्न गर्नुपर्ने, जेठ मसान्तसम्म घरदैलो, पदयात्रा र टोलभेला तथा सभाको आयोजना गर्नुपर्ने र असार महिनामा स्थानीय तहहरूमा जनसभा गर्नुपर्ने छ।

प्रकाशित: Jan 29, 2020| 16:41 बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।