बुधबार, भदौ ३, २०८३

धैर्य गर्नुस्, हामी सफल हुन्छौंः प्रधानमन्त्री ओली

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सही दिशामा गइरहेको बताएका छन्। आज सुरु भएको नेकपा केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले गरेका र गरिरहेका कामको व्याख्या गरे।
 |  बुधबार, माघ १५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १५, २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सही दिशामा गइरहेको बताएका छन्।

आजबाट सुरु भएको नेकपा केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले गरेका र गरिरहेका कामको व्याख्या गरे।

‘भावनामा बगेर सफलता मिल्दैन । धैर्य गर्नुस् हामी सफल हुन्छौं । कमरेडहरु, सरकार सफल हुन्छ,’ उनले भने।

आफूहरुविरुद्ध प्रचार आक्रमण तीव्र रुपमा भइरहेको उनले बताए। उनले भने, “कमरेडहरु, हाम्राविरुद्ध प्रचार आक्रमण तीव्र रुपमा छेडिएको छ । युद्ध त दुईतिरबाट हुन्छ, तर यहाँ त आक्रमणमात्रै भएको छ। हामी विवादबाट होइन, हाम्रा उपलब्धिबाट र नतिजाबाट जवाफ दिन्छौं।’

उनले लोकतन्त्रप्रति आफूहरुको निष्ठामा प्रश्न उठाइएको बताउँदै पार्टीको नामको कारणले पति कतिपयमा वैचारिक पूर्वाग्रह हुन सक्ने तर्क गरे।

प्रकाशित: Jan 29, 2020| 12:23 बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।