बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा केन्द्रीय समितिको दोस्रो बैठक राष्ट्रिय सभागृहमा सुरु

नेकपा केन्द्रीय समितिको दोस्रो बैठक राष्ट्रिय सभागृहमा सुरु

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय समिति बैठक काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ।
 |  बुधबार, माघ १५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १५, २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय समिति बैठक काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ। बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, प्रस्तावित उपाध्यक्ष बामदेव गौतम, स्थायी समिति सदस्यहरु र केन्द्रीय समिति सदस्यहरु सहभागी छन्।

केन्द्रीय समिति बैठकका लागि हिजो बसेको सचिवालय बैठकले कार्यसूची तय गरेको छ। बैठकको सुरुमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घाटन मन्तव्य रहेको छ भने त्यसपछि अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

त्यसैगरी बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने र सातै प्रदेशका अध्यक्षहरूले आ–आफ्नो प्रदेश कमिटिको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको छ ।

बैठकमा समसामयिक राजनीतिक गतिविधिबारे व्यापक छलफल हुने बताइएको छ। अर्को वर्षको चैत मसान्तसम्ममा पार्टीको एकता महाधिवेशन गर्ने स्थायी कमिटीले पेश गरेको प्रस्ताव केन्द्रीय कमिटीमा प्रस्तुत गरिनेछ ।

बैठक माघ २० गतेसम्म चल्ने नेकपाले बताएको छ। पार्टी एकता भएको डेढ वर्षपछि बैठक पहिलो पटक कार्यसूचीसहित बस्न लागेको हो।

यसअघि पुस २३ मा बस्ने भनिएको बैठक राष्ट्रियसभाको निर्वाचन कारण सारिएको थियो। २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हो। पहिलो बैठकमा केन्द्रीय सदस्यलाई शपथ खुवाइएको थियो। त्यसयता बैठक हुनसकेको छैन।

महाधिवेशनपछिको कार्यकारी कमिटी केन्द्रीय कमिटीलाई लिने गरिन्छ। पार्टीको नीति, सिद्धान्त र योजना केन्द्रीय कमिटी बैठकले नै बनाउने गर्छ। केन्द्रीय कमिटी आगामी एकताको राष्ट्रिय महाधिवेशनसम्मका लागि पार्टीको सर्वोच्च संस्था हुनेछ भनेर विधानमा उल्लेख गरिएको छ।

बैठकमा सहभागी हुन विभिन्न जिल्लाबाट केन्द्रीय सदस्य काठमाडौं आइसकेका छन्। दुई पार्टी एकीकरण भएपछि ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ। पार्टीभित्र बैठक, भेला र सांठनिक गतिविधि बढाउन व्यापक माग बढेका बेला बैठकले सचिवालय बैठक र स्थायी कमिटी बैठकले गरेका निर्णय अनुमोदन गर्नेछ।

प्रकाशित: Jan 29, 2020| 11:44 बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।