बुधबार, भदौ ३, २०८३

कोरोनाका कारण आपतकाल घोषणा गर्नु पर्दैनः डब्लुएचओ

काठमाडौं– चीनमा फैलिरहेको नोवेल कोरोना भाइरसलाई लिएर आपतकालीन स्वास्थ्य संकट घोषणा गर्नुपर्ने अवस्था नरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
 |  बुधबार, माघ १५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १५, २०७६

काठमाडौं– चीनमा फैलिरहेको नोवेल कोरोना भाइरसलाई लिएर आपतकालीन स्वास्थ्य संकट घोषणा गर्नुपर्ने अवस्था नरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । चीन, जापान, कोरिया, थाइल्याण्ड तथा सिङ्गापुरका प्रतिनिधिहरु सहभागी संगठनको बैठकले यस्तो ठहर गरको हो।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार नोवल कोरोना भाइरसबाट प्रभावित मध्ये २० प्रतिशत बिरामीको अवस्था गम्भीर छ । बैठकमा डब्लुएचओका महानिर्देशक टेड रोसले भाइरसलाई लिएर अहिले पूरै विश्वमा आपतकाल घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएका थिए ।

महानिर्देशक रोसले हिजो चीन पुगेर त्यहाँका राष्ट्रपति सी जीनफिङलाई भेटेका थिए । भेटमा टेडरोसले विश्वव्यापी रुपमा यस भाइरसको फैलावट रोक्नु डब्लुएचओको उच्च प्राथमिकता रहेको बताएका थिए ।

डब्लुएचओको तथ्यांकअनुसार चीनमा ४५ सयभन्दा बढी मानिस प्रभावित छन् भने भाइरस अहिले १८ देशमा फैलिएको छ। संगठनले चीन, जापान, सिंगापुर, थाइल्याण्ड र कोरियालगायत मुलुकलाई पनि सतर्कता र सावधानी अपनाउन भनेको छ ।

प्रकाशित: Jan 29, 2020| 11:35 बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।