बुधबार, भदौ ३, २०८३

गाँजा तस्करलाई नियन्त्रणमा लिन गोली प्रहार

काठमाडौं– मकवानपुर प्रहरीले गाँजा तस्करीमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ। कारको टायरमा गोली प्रहार गरी तीनजना गाँजा तस्करलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
 |  बुधबार, माघ १५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १५, २०७६

काठमाडौं– मकवानपुर प्रहरीले गाँजा तस्करीमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ। कारको टायरमा गोली प्रहार गरी तीनजना गाँजा तस्करलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

बुधबार बिहान १ बजे हेटौंडा–११, थाना भर्‍याङमा प्रहरीले गाँजा तस्करी गरिरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारको टायरमा गोली प्रहार गरेर तीनजनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।

पक्राउ पर्नेहरुमा सवारी चालक भारत मुजफ्फरपुरका अजय मल, सञ्जीव पासवान र जाहेरा खातुन छन् ।

महिलालाई बिरामी बनाएर र एकजना बिरामी कुरुवा बनेर उनीहरुले गाँजा तस्करी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उक्त कारमाथि शङ्का लागेपछि प्रहरीले सुरुमा मकवानपुरको मनहरीमा नियन्त्रणमा लिन खोजेको थियो।

तर, तीव्र गतिमा रहेको कारण प्रहरीले नियन्त्रणमा लिन सकेन । हवाई फायर गर्दा पनि नियन्त्रणमा लिन नसकेपछि टायरमा गोली हानिएको प्रहरीले जनाएको छ । ‘ठाउँ–ठाउँमा चेकजाँच गर्न खोज्दा पनि नरोकेपछि गोली चलाउनु परेको हो,’ राठौरले भने।

उनीहरुको साथबाट ३२ किलो गाँजा बरामद भएको छ।

प्रकाशित: Jan 29, 2020| 11:21 बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।