बुधबार, भदौ ३, २०८३

सात वर्षीया छोरीलाई करणी गर्ने पक्राउ

झापा– आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ।
 |  बुधबार, माघ १५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १५, २०७६

झापा– आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने ३० वर्षीय बुबालाई पक्राउ गर्दै मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् । हजुरआमासमेत शारीरिक रूपमा अशक्त रहेको अवस्थामा हजुरआमासँग सुतिरहेकी छोरीलाई आफूसँग सुत्न बोलाएर करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

रासस

प्रकाशित: Jan 29, 2020| 08:15 बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।