बुधबार, भदौ ३, २०८३

आजबाट फेरि वर्षा र हिमपात हुने, कहिले खुल्छ मौसम ?

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज (बुधबार) र भोलि (बिहीबार) देशका अधिकांश ठाउँमा वर्षा हुने भएको छ ।
 |  बुधबार, माघ १५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १५, २०७६

काठमाडाै‌ं- पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज (बुधबार) र भोलि (बिहीबार) देशका अधिकांश ठाउँमा वर्षा हुने भएको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार राति पनि देशका विभिन्न स्थानमा वर्षा भएको थियो । यो क्रम आज र भोलिसम्मै जारी रहने महाशखाका मौसमविद् गंगा नगरकोटी नेपाल समयलाई जानकारी दिइन् ।

उनका अनुसार अहिले पश्चिमी क्षेत्रमा हल्कादेखि मध्यम खाले वर्षा भइराखेको छ । काठमाडौं उपत्यकामा पनि आज बेलुका र भोलि दिउँसो वर्षा हुनेछ । वर्षा भएपनि काठमाडौं उपत्यका आपसासका डाँडाहरुमा हिमपातको सम्भावना भने न्यून रहेको उनले बताइन् । 

आज मध्य र पूर्वको मौसम दिउँसो एकैछिन खुल्दै बादल लागेर थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन् । आज दिउँसोभन्दा राति धेरै ठाउँमा पानी पर्नुका साथै हिमपात पनि हुने उनले बताइन् ।

मंगलबारबाट बद्लिएको मौसम शुक्रबारदेखि भने क्रमश सुधार हुँदै जाने मौसमविद् नगरकोटीले जानकारी दिइन् । शुक्रबार देशका अधिकांश ठाउँमा घाम लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

यस्ताे हुनेछ आगामी तीन  दिनकाे माैसम

माघ १५ गते (बुधबार)

दिउँसो : देशको पश्चिम तथा मध्य भू-भाग लगायत पूर्वी भेगका पहाडी क्षेत्रमा सामान्य वदली रही पूर्वी तराई भेगमा आंशिक वदली रहने छ ।

पश्चिमी र मध्य भू-भागका धेरै स्थानहरुमा र पूर्वी भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एक/दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।

राति: देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । पश्चिमी र मध्य भू-भागका अधिकांश स्थानहरु र पूर्वी भु-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।

माघ १६ गते (बिहीबार)

दिउँसो: देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका थोरै स्थानहरु र पश्चिमी भु-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

राति: देशको पूर्वी भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ ।

माघ १७ गते (शुक्रबार)

दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ भने बांकि भुभागमा सामान्यतया मौसम सफा रहनेछ ।

राति: देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ भने बांकि भुभागमा सामान्यतया मौसम सफा रहनेछ ।

प्रकाशित: Jan 29, 2020| 07:39 बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।