बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तेल चोर्न पाउनुपर्ने माग गर्ने ट्याङ्कर चालक पछि हटे

तेल चोर्न पाउनुपर्ने माग गर्ने ट्याङ्कर चालक पछि हटे

 |  बुधबार, माघ १५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १५, २०७६

काठमाडौं– ट्याङ्करमा इन्धन भर्ने बखतको तापक्रम र खाली गर्ने बेलामा भएको तापक्रमको फरकका आधारमा इन्धनको परिणाम घटिबढी हुने सहमतिसँगै आन्दोलनरत ट्याङ्कर चालक काममा फर्केका छन् ।

नेपाल आयल निगमको रहोबरमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका पदाधिकारी तथा नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन, हवाई इन्धन ढुवानी इकाइ समितिका पदाधिकारीबीच भएको छलफलमा इन्धनको तापक्रममा हुने फरकअनुसार नै परिणाम घटिबढी हुने व्यवस्था लागू गर्ने सहमति भएसँगै आन्दोलनरत ट्याङ्कर चालक काममा फर्केका हुन् ।

छलफलमा ट्याङ्कर चालकले राखेका माग एक महिनाभित्र सम्बोधन गर्न दुबै पक्षका प्रतिनिधिसम्मिलित एक समिति गठन गर्ने सहमति भएको छ । इन्धन ढुवानीका क्रममा ५० लिटरभन्दा बढी परिणाम कम भए दोब्बर जरिवाना गर्ने निगमको निर्णयको विरोध गर्दै ट्याङ्कर चालक आन्दोलनमा उत्रिएका थिए ।

अहिले १८१ टयाङ्करले भारतीय आयल कर्पोरेशनबाट हवाई इन्धन ढुवानी गर्दै आएका छन् । ढुवानीका क्रममा हुने चुहावट रोक्न निगमले ‘लकिङ’ प्रणाली कार्यान्वयनमा ल्याएको भए पनि चोरी पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन ।

रासस

प्रकाशित: Jan 29, 2020| 08:01 बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।