बुधबार, भदौ ३, २०८३

प्रदेश २ की राज्यमन्त्री डिम्पल झाले दिइन् राजीनामा

प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा.डिम्पल झाले पदबाट राजीनामा दिएकी छिन्। प्रदेश सरकारको कामकारबाही प्रति असन्तुष्टि जनाउँदै झाले मंगलबार पदबाट राजीनामा दिएकी हुन्।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

जनकपुरधाम- प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा.डिम्पल झाले पदबाट राजीनामा दिएकी छिन्। प्रदेश सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै झाले मंगलबार पदबाट राजीनामा दिएकी हुन्।

राजपाको तर्फबाट राज्यमन्त्री बनेकी झाले पदीय मर्यादा जोगाउन सक्ने अवस्था नरहेकोले पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेकी छिन्।

झाले आफ्नो राजीनामा पत्र संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई बुझाएकी छिन्। मुख्यमन्त्री लालबाबु राउत जनकपुर बाहिर रहेकोले उनले आफ्नो राजीनामा पत्र संसदीय दलका नेता सोनललाई बुझाएको उनका स्वकीय सचिव सुजय झाले बताए।

‘प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत र पदीय मर्यादा जोगाउन लामो समयदेखि प्रयास गरेपनि अनुकूल हुने अवस्था नरहेकोले राज्यमन्त्री पदबाट राजीनामा दिएको,’ उनले बुझाएको पत्रमा भनिएको छ।

प्रदेश सरकारले कुनै समन्वय नगरी एकलौटी निर्णय गर्ने गरेको भन्दै राजीनामा आएको उनका स्वकीय सचिव सुजयले बताए।

 

प्रकाशित: Jan 28, 2020| 19:24 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।