बुधबार, भदौ ३, २०८३

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बुढाथोकीलाई कैद सजाय भुक्तानीका लागि केन्द्रिय कारागार सुन्धारामा पठाइएको प्रहरीले जनाएको छ।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) ले बैंकिङ कसुर मुद्दामा अदालतबाट कैद सजाय तोकिएका फरार अभियुक्तलाई पक्राउ गरेको छ।

उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र ५ लाख रुपैयाँ जरिवाना सुनाइएका काठमाडौं तारकेश्वर नगरपालिका–१ का ५४ वर्षीय राजेन्द्र बुढाथोकीलाई सिआइवीको टोलीले पक्राउ गरेको हो।

उच्च अदालतले बुढाथोकीविरुद्ध गत असोज २८ गते कैद र जरिवानको फैसला सुनाएको थियो। उनलाई सोमबार गोल्ढुंगाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनले व्यवसायको लागि भन्दै मधु बुढाथोकीबाट ५ लाख लगेको र बैंक अफ काठमान्डौंमा आफ्नो खाताबाट भुक्तानी लिनु भनी दिएको चेक पनि सटही नभएपछि प्रहरीमा जाहेरी दिएको खुलेको छ।

बुढाथोकीलाई कैद सजाय भुक्तानीका लागि केन्द्रिय कारागार सुन्धारामा पठाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Jan 28, 2020| 18:14 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।