बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सभामुख सापकोटाविरुद्धको रिटमा सर्वोच्चले यस्तो दियो आदेश (पूर्णपाठसहित)

सभामुख सापकोटाविरुद्धको रिटमा सर्वोच्चले यस्तो दियो आदेश (पूर्णपाठसहित)

सभामुखमा निर्वाचित भएर सापकोटाले शपथ ग्रहण गरी कार्यभारसमेत सम्हालिसकेका छन्।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

काठमाडौं– सर्वोच्च अदालतले अग्निप्रसाद सापकोटाविरुद्ध दायर भएको कर्तव्य ज्यान मुद्दाको प्रगति विवरण ३० दिनभित्र पेस गर्न आदेश गरेको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश सपना प्रधान मल्लको इजलाशले यस्तो आदेश गरेको हो।

सापकोटालाई सभामुख बनाउन नहुने माग गर्दै परेको रिटमा माग गरिएबमाेजिम अन्तरिम आदेश जारी गर्न भने सर्वाेच्चले अस्वीकार गरेको छ।

हिजो सुनुवाइ नसकिएपछि उक्त रिट हेर्दाहेर्दैमा राखिएको थियो। यसअघि पहिलो दिन न्यायाधीश हरि फुयाँलको इजलासमा सो रिट परेको थियो। फुयाँलले हेर्न नमिल्ने भएपछि न्यायाधीश मल्लको इजलासमा मुद्दा परेको थियो।

सभामुखमा निर्वाचित भएर सापकोटाले शपथ ग्रहण गरी कार्यभारसमेत सम्हालिसकेका छन्।

 

प्रकाशित: Jan 28, 2020| 18:00 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।