काठमाडौं - कोरोना भाइरस नेपाल हुँदै भारतमा पनि सर्न सक्ने भन्दै नेपाल-भारत सीमा क्षेत्रमा कडाई गरिएको छ। नेपालबाट भारत प्रवेश गर्नेहरुको चेकजाँचका लागि भारतीय पक्षले सीमा क्षेत्रमा मेडिकल टीमसमेत खटाइसकेको छ।
भारतको विहार, उत्तर प्रदेश, उत्तराखण्ड र वेस्ट वंगाल राज्यले बोर्डरमा मेडिकल टीम खटाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ।
नेपालसँग जोडिएका भारतीय जिल्लाहरुमा एलर्ट जारी गरिएको भारतीय अधिकारीहरुले जनाएका छन्।
नेपालमा पनि केही व्यक्तिमा कोरोना भाईरस फेला परेपछि सीमा क्षेत्रमा कडाई गरिएको र स्वास्थ्य चेकजाँच सुरु गरिएको एएनआईले जनाएको हो।