बुधबार, भदौ ३, २०८३

धरौटीमा छुटिन् आस्था

गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा रिहा भएकी छिन्।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

काठमाडौं- गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा रिहा भएकी छिन्। अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले सोमबारमात्रै चार दिन थुनामा राख्न अनुमति दिए पनि अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा मंगलबार बुझाएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आस्थालाई चार हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई धरौटीमा छाड्ने आदेश भएको जानकारी दिए। गायिका राउत दिउँसाे सरकारी वकिलको कार्यालयमा उपस्थित भएकी थिइन्। राउतको स्वास्थ्य अवस्था ठीक नभएको भन्दै हिजो साँझ त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल भर्ना गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गायिका राउतविरुद्ध यही माघ ५ मा पक्राउ पूर्जी जारी गरेको थियो। राउतविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा चेकजाँचमा खटिएका महिला प्रहरी रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको उजुरी परेको थियो।

आस्थाले यही माघ १ गते विमानस्थलमा आफूमाथि दुर्व्यवहार भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन्। त्यसको केहीबेरमा उनले उक्त भिडियो हटाएकी थिइन्। सुरक्षा जाँचका क्रममा गायिका राउत र महिला प्रहरी श्रेष्ठसँग विवाद भएको थियो।

प्रकाशित: Jan 28, 2020| 16:10 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।