काठमाडौं - सांसद कोमल ओलीले नेपाल प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गरेको आरोप लागाएकी छिन्। गायिका आस्था राउत पक्राउ प्रकरणमा राष्ट्रियसभामा आफ्ना धारणा राख्दै सांसद ओलीले प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका आस्था राउतलाई कारबाही अगाडि बढाएको आरोप लगाइन्।
उनले जिल्ला प्रशासन कार्यालय अर्धन्यायिक निकाय भएको हुँदा अनुसन्धान नै नगरी चार दिन थुन्ने आदेश गर्नु गलत भएको टिप्पणी गरिन्। “फौजदारी न्यायको सिद्धान्तले पहिले सुन्ने अनि थुन्ने भन्छ”, सांसद ओलीले भनिन्, “गैरकानूनी कार्य गरेको छ कि भन्ने कुरा हेरिनुपर्छ, सामान्य भनाभनको विषय मात्र थियो, बिनाअनुसन्धान प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गरेको छ।”