बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् बैठकमा बधाई खाँदै सभामुख सापकोटा, प्रधानमन्त्रीकाे सम्बाेधन (LIVE)

संसद् बैठकमा बधाई खाँदै सभामुख सापकोटा, प्रधानमन्त्रीकाे सम्बाेधन (LIVE)

 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

काठमाडौं– नवनियुक्त सभामुख अग्प्रिसाद सापकोटाको अध्यक्षतामा प्रतनिधिसभाको पहिलो बैठक बसिरहेको छ। 

आजको बैठकमा दलीय आधारमा सांसदहरूले नवनिर्वाचित सभामुखलाई बधाई दिने कार्यसूची छ। कार्यसूचीमा नभए पनि प्रधानमन्त्री केपी ओलीले पनि संसद् बैठकलाई सम्बोधन गरेका छन्। नवनियुक्त सभामुखलाई बधाई दिन प्रधानमन्त्रीले संसद् बैठकलाई सम्बोधन गरेका हुन्।

त्यसैगरी न्याय परिषद्, लोकसेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायत आठवटा संवधानिक निकायका वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

आइतबार सापकाेटा सभामुखमा सर्वसम्मतले निर्वाचित भएका थिए भने हिजो राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएर कार्यभार सम्हालेका थिए।

प्रकाशित: Jan 28, 2020| 13:33 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।