बुधबार, भदौ ३, २०८३

दाङमा चितुवाको छाला र चरेशसहित पाँच पक्राउ

दाङमा छुट्टाछुट्टै स्थानमा चितुवाको छाला र चरेससहित पाँच जना पक्राउ परेका छन्।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

दाङ– दाङमा छुट्टाछुट्टै स्थानमा चितुवाको छाला र चरेससहित पाँच जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार चितुवाको छालासहित दुई र लागुऔषध चरेशसहित तीन जना पक्राउ परेका हुन्।

घोराही–१४ स्थित बसपार्कबाट चितुवाको छालासहित दंगीशरण गाउँपालिका–१, का २४ वर्षीय चेतबहादुर पुन र सोही ठाउँकै सौगात घर्ती पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूको साथबाट चितुवाको टाउको, बंगारा र पुच्छरसमेत रहेको चितुवाको छाला बरामद गरिएको छ।

यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका–१२, शितलपुरबाट साढे दुई किलो चरेससहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार लागुऔषध चरेशसहित रुकुम, मुसिकोट नगरपालिका–२, रातामाटाका २१ वर्षीय अनिल पुनमगर, सोही नगरपालिका–६ का ४० वर्षीय बहादुर बोहोरा र आठबिसकोट नगरपालिका–९ का २८ वर्षीय भीमबहादुर सार्की पक्राउ परेका हुन्‌।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 28, 2020| 12:20 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।