बुधबार, भदौ ३, २०८३

सभामुख सापकोटाविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

सभामुखमा निर्वाचित भएर सापकोटाले शपथ ग्रहण गरी कार्यभारसमेत सम्हालिसकेका छन्।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

काठमाडौं– प्रतिनिधिसभाका नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पेसी आज पनि न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सर्वोच्च्चमा सुनुवाइ भइरहेको छ। हिजो सुनुवाइ नसकिएपछि उक्त रिट हेर्दाहेर्दैमा राखिएको थियो।

यसअघि पहिलो दिन न्यायाधीश हरि फुयाँलको इजलासमा सो रिट परेको थियो। फुयाँलले हेर्न नमिल्ने भएपछि न्यायाधीश मल्लको इजलासमा मुद्दा परेको थियो।

पहिलो दिन हिजो निवेदकको तर्फबाट दिनेश त्रिपाठी, सुनिल पोखरेल, बाबुराम गिरी, अनन्त लुइँटेल र राजु चापागाईँले बहस गरेका थिए। 

न्यायाधीश प्रधानको इजलासमा आज एउटैमात्र पेसी तोकिएको छ।

सभामुखमा निर्वाचित भएर सापकोटाले शपथ ग्रहण गरी कार्यभारसमेत सम्हालिसकेका छन्।

प्रकाशित: Jan 28, 2020| 10:55 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।