बुधबार, भदौ ३, २०८३

डा. सिके राउतले भने– मधेसका नेता पैसामा बिके

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसको नाममा राजनीति गर्नेहरू बिक्री भइसकेको बताएका छन्।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

भैरहवा– जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसको नाममा राजनीति गर्नेहरू बिक्री भइसकेको बताएका छन्।

भैरहवाकाे हनुमान मन्दिर मैदान परिसरमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै डा. राउतले भने, “जसले हिजो मधेसका जनतालाई अधिकार दिलाउँछौं, मधेसका लागि खास अधिकार स्थापित गर्छाैं भन्दै मर्नसमेत उक्साए, उनीहरू आज लोभमा फसे।”

संघीयताको लागि मधेसका जनताले सहादत पाएको उल्लेख गर्दै राउतले पछिल्लो समय सहिदको सोचविपरीत काम भएको बताए। उनले भने, “मधेसका जनताले कसैलाई सांसद् बनाउन सहादत प्राप्त गरेका थिएनन्। मधेससँग पहाडको भाग जोडेर प्रान्तीय शासन व्यवस्था बनाउन पनि सहिद भएका होइनन्।”

मधेसको नाममा राजनीति गर्नेले षड्यन्त्र गरेर मधेसलाई ‘मरभूमि’ बनाएको उनकाे आराेप छ। 

नेता राउतले पहाडमा बस्नेहरूले आज पनि मधेस र यहाँका जनतामाथि हमला गरिररहेको आरोप लगाए।

सभामा पार्टीका केन्द्रीय सदस्य भुपेन्द्र यादवले समृद्ध मधेसका लागि लडाइँ जरुरी रहेको बताए।

सभामा बोल्ने अन्य नेताले पनि मधेसका नाममा राजनीति गरेर सांसद र मन्त्री बनेकाहरूलाई यहाँका जनताले गद्दार घोषणा गरेको बताए। मधेसका नाममा राजनीति गर्नेहरूले जनताका लागि सिन्कोसमेत नभाचेको उनीहरूको भनाइ छ।

प्रकाशित: Jan 28, 2020| 09:49 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।