बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको महाधिवेशन कार्यतालिका फेरियो, क्रियाशील सदस्यता छानविन समिति बनाउने

कांग्रेसको महाधिवेशन कार्यतालिका फेरियो, क्रियाशील सदस्यता छानविन समिति बनाउने

नेपाली कांग्रेसले पार्टीको १४ औ महाधिवेशनका लागि कार्यतालिका संशोधन गरेको छ । पार्टी कार्यालय सानेपमा बसेको कार्यसमिति बैठकले
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १४ औ महाधिवेशनका लागि कार्यतालिका संशोधन गरेको छ ।

पार्टी कार्यालय सानेपमा बसेको कार्यसमिति बैठकले शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार महाधिवेशनको कार्यतालिका हेरफेर गरिएको हो ।

२०७७ फागुनमै गर्ने गरी वडा तहदेखि प्रदेश तहसम्मको कार्यतालिका संशोधन गरिएको छ । तल्लो तह वडा तहको अधिवेशन १६ कातिक २०७७ मा हुने भएको छ । यसअघि वडा तहको अधिवेशन २०७७ मंसिर ९ मा तोकिएको थियो ।

त्यसैगरी मंसिर ११ का लागि तोकिएको गाउँ तथा नगरपालिकाको अधिवेशन अब कातिक १८ मा हुने भएको छ ।

तीन सय ३० प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन कातिक २१ मा गरिने भएको छ । यसअघि प्रदेशको अधिवेशन मंसिर १५ का लागि तय भएको थियो ।

यसैगरी प्रतिनिधिसभा क्षेत्र र एउटा मात्र प्रतिनिधिसभा क्षेत्र भएको जिल्लाको अधिवेशन कातिक २१ २०७७, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन कातिक २३ र सातै प्रदेशको अधिवेशन मंसिर २९ मा हुनेछ । यसअघि प्रदेश अधिवेशन पुस १५ का लागि तोकिएको थियो ।

बैठकले क्रियाशील सदस्यता फागुन र चैत महिनाभित्र वितरण गर्ने निर्णय गरेको छ भने क्रियाशील सदस्यता छानविन समिति बनाउने निर्णय पनि गरेको छ ।

कांग्रेसको १४ औं महाधिवेशन भने २०७७ फागुन ७ गते नै हुने भएको छ ।

प्रकाशित: Jan 28, 2020| 08:02 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।