बुधबार, भदौ ३, २०८३

तनहुँमा चितुवाको आक्रमणबाट फेरि एक बालकको मृत्यु

तनहुँमा चितुवाको आक्रमणबाट फेरि एक बालकको ज्यान गएको छ।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

तनहुँ– तनहुँमा चितुवाको आक्रमणबाट फेरि एक बालकको ज्यान गएको छ।

डिभिजन वन कार्यालयका अनुसार चितुवाको आक्रमणबाट बन्दीपुर गाउँपालिका–४, लोहीपाखाका सुकबहादुर सुनारका १० वर्षीय छोरा इसक सुनारको ज्यान गएको हो।

सोमबार साँझ करिब साढे ६ बजे बिहे भोज खाएर आमासँग घरतर्फ फर्कँदै गरेका बालकलाई चितुवाले आक्रमण गरी ज्यान लिएको वन कार्यालयले जनाएको छ।

स्थानीयका अनुसार बालक आमाभन्दा पछाडि हिँडिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको हो। बालकसँगै आएका अन्य स्थानीयले चिच्याएपछि करिव सय मिटर पर लगी छाडेर चितुवा भागेको स्थानीयले बताए।

यसअघि गत पुस २१ मा चितुवाको आक्रमणबाट आबुखैरेनीका पुजन सिजाली मगरको ज्यान गएको थियो।

पछिल्लो दुई वर्षमा जिल्लामा चितुवाको आक्रमणबाट नौ बालबालिकाको ज्यान गइसकेको छ।

प्रकाशित: Jan 28, 2020| 08:20 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।