बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्यार्थी मृत्यु प्रकरण : कुट्ने शिक्षकलाई १० वर्ष कैद

विद्यार्थी मृत्यु प्रकरण : कुट्ने शिक्षकलाई १० वर्ष कैद

कञ्चनपुरको महाकाली बाल विद्यालयमा अध्ययनरत माधव कलौनीको मृत्यु प्रकरणमा जिल्ला अदालतले एक शिक्षकलाई १० वर्ष कैद सजाय तोकेको छ।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

कञ्चनपुर- कञ्चनपुरको महाकाली बाल विद्यालयमा अध्ययनरत माधव कलौनीको मृत्यु प्रकरणमा जिल्ला अदालतले एक शिक्षकलाई १० वर्ष कैद सजाय तोकेको छ।

अन्य ४ जनालाई भने जिल्ला अदालतले सफाइ दिएको छ। सोमबार जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको एकल इजलासले शिक्षक लक्ष्मणदत्त भट्टलाई १० वर्ष कैद फैसला सुनाएको हो।

प्रिन्सिपल यशोदा जोशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरजप्रसाद बोहोरा, शिक्षकद्वय दुर्गादत्त पाठक र हर्कबहादुर जाग्रीलाई भने सफा दिइएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए।

गत असारमा शिक्षकको कुटाइबाट घाइते भएका जिल्लाको भीमदत्त नगरपालिका वडा नम्वर १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र कलौनीको भारतमा उपचारका क्रममा मृत्यु भएको थियो।

डडेल्धुराको उपक्षेत्रीय अस्पताल, महाकाली, सेती, नेपालगन्जको शिक्षण अस्पताल हुँदै उनलाई उपचारका लागि भारत लगिएको थियो।

कुटपिटबाट कलौनीको दायाँ खुट्टा भाँचिएको थियो भने टाउको र छातीमा पनि चोट लागेको थियो।

विद्यार्थीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चारजना शिक्षकलाई नियन्त्रणमा लिएको थियो। कक्षा ९ मा अध्ययन गर्दै आएका कलौनीलाई असार १३ गते विद्यालयमै कुटपिट गरिएको थियो।

प्रकाशित: Jan 27, 2020| 18:55 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।