बुधबार, भदौ ३, २०८३

माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

जुम्लामा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। घर लिप्ने माटो लिन गएका चन्दननाथ नगरपालिका–४ सिंहाचौरका ४५ वर्षीय नाक्चु सुनार र २५ वर्षीय स्यान सुनारको मृत्यु भएको हो।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

सुर्खेत - जुम्लामा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। घर लिप्ने माटो लिन गएका चन्दननाथ नगरपालिका–४ सिंहाचौरका ४५ वर्षीय नाक्चु सुनार र २५ वर्षीय स्यान सुनारको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी लालबहादुर धामीले दिएको जानकारीअनुसार घर लिप्ने रातो माटो लिन उनीहरु मालाभिडको जंगलमा गएका थिए। माटो खन्दैगर्दा सोमबार साढे तीन बजेतिर उनीहरु ढिस्कोमा पुरिएका थिए।

मृत्यु हुने दुबै जना नाताले सासुबुहारी हुन्। दुबैको घटनास्थलमै मृत्यु भएको हो। यस्तै माटो लिन गएका सोही ठाउँका नविना ऐडी र पञ्चकन्या सुनार घाइते भएका प्रहरीले जनाएको छ। घाइते दुबै जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: Jan 27, 2020| 18:31 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।