बुधबार, भदौ ३, २०८३

गिरफ्तारमा परेका अधिकारकर्मी रिहा

सभामुख अग्निप्रसाद सापकोटालाई सपथग्रहण नगराउन माग गर्दै धर्नामा बसेको बेला गिरफ्तारमा परेका अधिकारकर्मीलाई प्रहरीले रिहा गरेको छ।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटालाई सपथग्रहण नगराउन माग गर्दै धर्नामा बसेको बेला गिरफ्तारमा परेका अधिकारकर्मीलाई प्रहरीले रिहा गरेको छ। राष्ट्रपति कार्यालय शीतल निवास अगाडि धर्ना बसेका १२ अधिकारकर्मीलाई प्रहरीले गिरफ्तार गरेको थियो। प्रहरीले उनीहरुलाई बेलुकी ५ बजे रिहा गरेको हो।

उनीहरुलाई दिनभर महानगरीय प्रहरी वृत महाराजगंजमा राखिएको थियो। गिरफ्तारमा पर्नेहरुमा द्वन्द्वपीडित पूर्णीमाया लामा, एमनेष्टी इन्टरनेशनलका निराजन थपलिया, चरण प्रसाई, द्वन्द्वपीडित साझा चौतारीका महासचिव जनक राउत, महामुनिश्वर आचार्य, एलिना गौतम, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण घिमिरे, जेसेलिना राणा, प्रशान्त त्रिपाठी र राजन कुइँकेल छन्।

पूर्णीमाया द्वन्द्वकालमा हत्या गरिएका अर्जुन लामाकी श्रीमती हुन्। लामालाई सभामुख सापकोटाले हत्या गरेको आरोप लागेको छ। सोसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ।

प्रकाशित: Jan 27, 2020| 17:23 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।