बुधबार, भदौ ३, २०८३

सभामुख सापकोटाविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा

सापकोटाले आज राष्ट्रपतिबाट शपथ ग्रहण गरी पदभार ग्रहणसमेत गरिसकेका छन्।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको रिटको सुनुवाइ आज (सोमबार) का लागि तोकिएकोमा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको छ। रिटको पेसी न्यायाधीश सपना प्रधान मल्लको इजलाशमा तोकिएको थियो।

रिट दायर गर्ने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार सुनुवाई नसकिएकाले 'हेर्दा हेर्दै' मा रहेको उक्त मुद्दाको सुनुवाई भोलि पनि हुनेछ। उनले भोलि नै मुद्दाको सुनुवाई सम्पन्न भई प्रारम्भिक आदेश आउन सक्ने जानकारी दिए। 

रिट निवेदनमा सापकोटालाई सभामुखमा निर्वाचित गरिए संविधान एवं कानुनको गम्भीर उल्लङ्घन हुने भन्दै निर्वाचन प्रक्रिया रोक्न माग गरिएको छ।

त्यस्तै रिटमा सापकोटलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन, अहिलेसम्म सापकोटाविरुद्धको अनुसन्धान अघि नबढाउने प्रहरीलाई कार्वाही गर्न लगायतका माग गरिएको छ।

काभ्रेका अर्जुन लामाको हत्याको आरोप लागेका सापकोटाविरुद्ध १० माघमा सर्वोच्चमा दर्ता भएको रिटकोे पेसी हिजो (आइतबार) न्यायाधीश हरि फुयाँलको इजलाशमा तोकिए पनि ‘हेर्न नमिल्ने’ भएपछि आज पुनः न्यायाधीश सपना प्रधान मल्लको इजलाशमा तोकिएको थियो। मल्लको इजलासको सातौं नम्बरमा उक्त पेसी थियो।

सापकोटाले आज राष्ट्रपतिबाट शपथ ग्रहण गरी पदभार ग्रहणसमेत गरिसकेका छन्।

प्रकाशित: Jan 27, 2020| 16:25 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।