बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य मन्त्रालयले कर्मचारी समायोजनको निवेदन दर्ता नगर्ने

स्वास्थ्य मन्त्रालयले कर्मचारी समायोजनको निवेदन दर्ता नगर्ने

मन्त्रालयले समिति नै गठन गरी समायोजन सच्याउँदा पनि अझै करिब ७ हजार समस्या सम्बोधन गर्न बाँकी रहेको जनाएको छ ।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब समायोजनसम्बन्धी कुनै पनि निवेदन दर्ता नगर्ने निर्णय गरेको छ । समायोजनपछि गुनासो लिने काम सकिएको जनाउँदै मन्त्रालयले अब थप निवेदन दर्ता नगर्ने जनाएको हो ।

संघीयता कार्यान्वयनका क्रममा गत चैत र वैशाखमा सरकारले कर्मचारी समायोजन ऐन २०७५ बमोजिम स्वास्थ्य सेवाका कर्मचारीको समायोजन गरेको थियो ।

कर्मचारी समायोजन अव्यवहारिक भएको भन्दै समायोजन पश्चात व्यापक गुनासो तथा असन्तुष्टि देखिएपछि मन्त्रालयले समायोजनबारे गुनासो दर्ता गर्न गत असोजमा आह्वान गरेको थियो । तर गुनासो आउने क्रम नरोकिएपछि एकमुष्ट रुपमा मन्त्रालयले गुनासो लिएको थियो ।

सोमबार मन्त्रालयले जारी गरेको सूचनामा अब समायोजनको गुनासो निवेदन नलिने निर्णयको जानकारी गराएको हो । तर, दरबन्दीभन्दा बढी भई फिर्ता भएका, फाजिलमा रहेका, समायोजन नै नभएका र सामान्य त्रुटि भएकाको हकमा भने गुनासो गर्न सकिने मन्त्रालयको निर्णयमा उल्लेख छ ।

मन्त्रालयले समिति नै गठन गरी समायोजन सच्याउँदा पनि अझै करिब ७ हजार समस्या सम्बोधन गर्न बाँकी रहेको जनाएको छ ।

प्रकाशित: Jan 27, 2020| 16:20 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।