बुधबार, भदौ ३, २०८३

अनलाईनबाट सामान पठाउने भन्दै ठगी गर्ने गिरोह पक्राउ

बिभिन्न सामाजिक संजालमार्फत सस्तो मूल्यमा सामान पठाउने नाममा ठगी गर्ने गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

पर्सा- बिभिन्न सामाजिक संजालमार्फत सस्तो मूल्यमा सामान पठाउने नाममा ठगी गर्ने गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

कम मूल्यमा एप्पल कम्पनीका मोबाईल उपलब्ध गराउने तथा अमेरिका, क्यानडा, सिंगापुर जस्ता देशको भिसा लगाईदिने भन्दै झुटो आश्वासन दिएर ठग्ने गिरोहका ४ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बारा गढीमाई नगरपालिका–३ घर भई पर्सा बीरगंज महानगरपालिका–१५ बस्ने २९ वर्षीय रोशन सिंह, उनकै भाई २१ वर्षीय बिशाल सिंह, सोही ठाउँका १८ वर्षीय फारुख आलम र भारत कलकत्ता घर भई बीरगंजमा शम्भु सिहंको घरमा डेरा गरी बस्ने २६ वर्षीय सबिक भक्त छन्।

उनीहरुले इमो, ह्वाट्सयप, भाइबर, ट्वीटर तथा म्यासेन्जरमा क्लव फ्याक्ट्री अनलाइन सपिङ एप्स खोलेर ठग्ने गरेको प्रहरीले जनाएको छ।

उनीहरुले झुटा आश्वासन दिएर प्रलोभनमा पारी नक्कली नागरिकताको प्रयोग गरी बिभिन्न बैंकहरुमा खाता खोली तीनै खातामा रकम मगाएर ठगी गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट बरामद मोबाईल ठगीमा प्रयोग हुने गरेको आवश्यक कागजातहरु समेत फेला परेको प्रहरीले जनाएको छ। पीडितहरुको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको र आवश्यक अनुसन्धान भैरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 27, 2020| 15:38 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।