बुधबार, भदौ ३, २०८३

दुई प्रदेशका राजधानी सिधा हवाई सम्पर्कबाट जोडिँदै

६ हजार २ सय सुरुवाती भाडादर तोकिएको र हप्तामा तीन उडान हुने भण्डारीले बताए । माघ २० गते दिँउसो १ः१० मा पहिलो उडान हुनेछ । ग्राहकको चाप हेरेर हप्तामा तीन उडान सम्म गर्ने तयारी भएको उनले बताए ।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

इटहरी– प्रदेश १ को राजधानी विराटनगर र गण्डकी प्रदेशको राजधानी पोखराबीच सिधा हवाई सम्पर्क हुने भएको छ । विराटनगर विमानस्थलबाट पहिलोपटक फेब्रअरी ३ अर्थात् माघ २० गतेबाट पोखरासँग सिधा हवाई उडान हुन लागेको हो ।

उडानका लागि बुद्ध एयरको १८ सिटे वीचक्रफ्ट विमान प्रयोग हुने बुद्ध एयर विराटनगर स्टेसन प्रमुख कौशल भण्डारीले जानकारी दिए । उनका अनुसार २०५ नटिकल माइलको दूरीमा रहेका विराटनगर–पोखरा उडान ५५ मिनेटको हुनेछ ।

६ हजार २ सय सुरुवाती भाडादर तोकिएको र हप्तामा तीन उडान हुने भण्डारीले बताए । माघ २० गते दिँउसो १ः१० मा पहिलो उडान हुनेछ । ग्राहकको चाप हेरेर हप्तामा तीन उडान सम्म गर्ने तयारी भएको उनले बताए ।

विराटनगर–पोखरा सिधा उडान भएसँगै प्रदेश १ को पर्यटकीय चहलपहल बढ्ने प्रदेश १ का पर्यटन व्यवसायी फणिन्द्र अधिकारी बताउँछन् । नेपाल भ्रमण वर्ष २०२० को प्रदेश समिति सदस्य समेत रहेका अधिकारीले पोखरा र प्रदेश १ को पर्यटकीय आदानप्रदानको लागि उडान महत्वपूर्ण भएको बताए ।

 

प्रकाशित: Jan 27, 2020| 15:29 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।