बुधबार, भदौ ३, २०८३

आस्था राउत चार दिन प्रहरी हिरासतमा रहने

 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

काठमाडौं– गायिका आस्था राउत कम्तीमा चार दिन प्रहरी हिरासतमै रहने भएकी छन्। प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट चार दिनको अनुमति लिएको हो।

काठमाडौंका प्रजिअ जनकराज दाहालले राउतलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिइएकाे बताए।

प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमार्फत् म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो। आस्था आजमात्रै अभिभावकसहित प्रहरीकहाँ गएकी थिइन्। प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोप उनीमाथि छ।

प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि उनी सोमबार बिहान महानगरीय प्रहरी परिसर, टेकु पुगेकी हुन्।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गायिका राउतविरुद्ध गत माघ ५ मा पक्राउ पूर्जी जारी गरेको थियो। राउतविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा चेकजाँचमा खटिएका महिला प्रहरी रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको उजुरी परेको छ।

आस्थाले गत माघ १ मा विमानस्थलमा आफूमाथि दुर्व्यवहार भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन्। त्यसको केहीबेरमा उनले उक्त भिडियो हटाएकी थिइन्। सुरक्षा जाँचका क्रममा गायिका राउत र महिला प्रहरी श्रेष्ठसँग विवाद भएको थियो।

 

 

प्रकाशित: Jan 27, 2020| 15:04 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।