काठमाडौं– नेपालमै कोरोना भाइरसको नमुना परीक्षण सुरु गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रशासन प्रमुख शेखर दाहालका अनुसार हाल टेकु अस्पतालबाट संकलित ३ वटा शंकास्पद नमुनाको परीक्षण सुरू गरिएको छ ।
यसको नतिजा भने ७२ घण्टापछि आउने जनाइएको छ । परीक्षणको नतिजा २४ घण्टामा आउने भए पनि एकपटक परीक्षण गरिएको नमुनालाई सुनिश्चित गर्न पुनः परीक्षण गरिने भएकोले ७२ घण्टामा मात्रै नतिजा प्राप्त हुने दाहालले बताए ।
चीनको वुहानबाट फर्किएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भइसकेको छ भने ३ जनामा शंका गरिएको छ ।