बुधबार, भदौ ३, २०८३

जुवाखालबाट वडाध्यक्षसहित १६ पक्राउ, २२ लाख बरामद

कैलाली प्रहरीले २२ लाख ८२ हजार नगदसहित धनगढीबाट वडाध्यक्षसहित १६ जुवाडेलाई पक्राउ गरेको छ।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

धनगढी- कैलाली प्रहरीले २२ लाख ८२ हजार नगदसहित धनगढीबाट वडाध्यक्षसहित १६ जुवाडेलाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–३ का तिलक अधिकारीको घरबाट आइतबार राति उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१० का वडाध्यक्ष २८ वर्षीय रबिन्द्र शाही पनि रहेका छन् ।

उनीसँगै कन्चनपुर भिमदत्त नगरपालिका–३ का ३४ वर्षीय धिरेन्द्र चन्द, कन्चनपुर वेलौरी नगरपालिका–१ का ३४ वर्षीय भुवन कुँवर, धनगढी–३ का ३८ वर्षीय तिलक अधिकारी, ३४ वर्षीय रमेश खड्का, ३७ वर्षीय चन्द्र मणि अधिकारी रहेका छन्।

यस्तै ३५ वर्षीय खेम राज भट्ट, ४१ वर्षीय जनक दौल्याल, गोदावरी–१० का २८ वर्षीय सन्देश तामाङ्, ३८ वर्षीय मोहन खड्का, बैतडी दशरथ चन्द नगरपालिका–८ का ३१ वर्षीय अमित गुरु, ३० वर्षीय सुर्य भट्ट, ५० वर्षीय कालु सिंह धामी, बझाङ जयपृथ्बी नगरपालिका–१० का ३५ वर्षीय प्रेम बहादुर सिंह, दार्चुला नौगाड गाउँपालिका–४ का ३३ वर्षीय जय सिंह धामी र ३८ वर्षीय मंगल ठगुन्ना रहेको प्रहरीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतको नेतृत्वमा रहेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

 

प्रकाशित: Jan 27, 2020| 11:47 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।