बुधबार, भदौ ३, २०८३

सापकोटाको शपथ रोक्न माग गर्ने १२ अधिकारकर्मी पक्राउ

सभामुखमा निर्वाचित अग्नि सापकोटालाई शपथ नगराउन माग गर्दै प्रदर्शन गरिरहेका १२ जना अधिकारकर्मी काठमाडौंबाट पक्राउ परेका छन्।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

काठमाडौं– सभामुखमा निर्वाचित अग्नि सापकोटालाई शपथ ग्रहण नगराउन माग गर्दै प्रदर्शन गरिरहेका १२ जना अधिकारकर्मी काठमाडौंबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मानवअधिकारकर्मी चरण प्रसाईं, पूर्णिमाया लामा, इन्द्र अर्याल, राजन कुइँकेल, महामुनिश्वर आचार्य, जनक राउतलगायत छन्। उनीहरूलाई महाराजगञ्ज प्रहरीमा राखिएको छ।

उनीहरूलाई  राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गर्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो। केही बेरमा सभामुख सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। 

अधिकारकर्मीहरुले हत्याका आरोपित व्यक्तिलाई सभामुख पदको शपथ ग्रहण नगराउन माग गरेका छन्। 

प्रकाशित: Jan 27, 2020| 11:36 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।