बुधबार, भदौ ३, २०८३

चितवन राष्ट्रिय निकुञ्ज घुम्दै ६ देशका राजदूत

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपालस्थित ६ देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

चितवन– नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपालस्थित ६ देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ।

बाग्मती प्रदेश र भ्रमण वर्ष प्रदेशस्तरीय प्रवर्द्धन समितिले श्रीलंका, मलेसिया, अस्ट्रेलिया, भारत, रुस र बेलायतका राजदूतसँगै युरोपेली संघका अधिकारी, विश्व बैंकका नेपाल प्रमुखलगायत विशिष्ट अधिकारीलाई निकुञ्ज घुमाउन लागेको हो। उनीहरू आज चितवन आउन लागेका छन्।

समिति सहसंयोजक अनिल लामाले राजदूतहरूलाई निकुञ्ज घुमाएर यहाँका पर्यटकीय गतिविधिबारे अवगत गराइने जानकारी दिए। उनीहरूलाई जंगल सफारी, हात्तीको फुटबल तथा पोलोसँगै रात्रिकालीन भोजसहितको सांस्कृतिक कार्यक्रममा सहभागी गराउने बताइएको छ।

भ्रमण वर्षमा विभिन्न देशका राजदूत र विशिष्ट पाहुनालाई भ्रमण गराउन सके नेपालको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार हुने अपेक्षा गरिएको छ।

प्रकाशित: Jan 27, 2020| 11:20 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।