काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद मत्थर भएको छ।
शुक्रबार बूढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा भएको सहमतिलाई केन्द्रीय समितिले अनुमोदन गरेपछि विवाद समाधान हुने नेता मिनेन्द्र रिजालले जनाएका छन्।
देउवा निवासमा विवाद समाधानका लागि भएको सहमतिलाई अनुमोदन गर्न सोमबार दिउँसो १ बजे कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेताहरु पार्टी केन्द्रीय कार्यालयमै छलफलमा जुटेका छन्।
कतिपय विभाग र भातृ संगठनको नेतृत्व र भागवण्डाको हिसाब मिलाउन बाँकी नै रहेकोले शिर्ष नेताहरुबीच छलफल भइरहेको जनाइएको छ। मंसिर २६ गतेदेखि केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह पनि सोमबारको बैठकमा सहभागी हुनेछ।