बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अग्नि सापकोटाविरुद्धको रिट न्यायाधीश मल्लको बेञ्चमा

अग्नि सापकोटाविरुद्धको रिट न्यायाधीश मल्लको बेञ्चमा

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिटको पेसी न्यायाधीश सपना प्रधान मल्लको इजलाशमा तोकिएको छ।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिटको पेसी न्यायाधीश सपना प्रधान मल्लको इजलाशमा तोकिएको छ।

काभ्रेका अर्जुन लामाको हत्याको आरोप लागेका सापकोटाविरुद्ध १० माघमा सर्वोच्चमा दर्ता भएको रिटकोे पेसी हिजो (आइतबार) न्यायाधीश हरि फुयालको इजलाशमा तोकिए पनि ‘हेर्न नमिल्ने’ भएपछि आज पुनः न्यायाधीश सपना प्रधान मल्लको इजलाशमा तोकिएको हो।

मल्लको इजलासको सातौं नम्बरमा उक्त पेसी छ।

फुँयाल सर्वोच्च अदालतकोे न्यायाधीश हुनुअघि सापकोटा विरुद्धकै अर्को मुद्दामा कानुन व्यवसायीको हैसियतले बहस गरेकोले मुद्दा हेर्न नमिल्नेमा परेको थियो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट निवेदनमा संविधान एवं कानुनको गम्भीर उल्लङ्घन हुने जनाउँदै सभामुखका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गरिएको थियो।

त्यस्तै रिटमा सापकोटलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन, अहिलेसम्म सापकोटाविरुद्धको अनुसन्धान अघि नबढाउने प्रहरीलाई कार्वाही गर्न लगायतका माग गरिएको छ।

प्रतिनिधिसभा बैठकले सापकोटालाई आइबार सर्वसम्मत सभामुख निर्वाचित गरिसकेको छ। काभ्रेका अर्जुन लामा हत्याको आरोपमा मुद्दा खेपिरहेका सापकोटालाई सभामुख बनाइएपछि द्वन्द्वपीडित नागरिक र नागरिक समाजले विरोध गरिरहेका छन्।

प्रकाशित: Jan 27, 2020| 10:26 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।