बुधबार, भदौ ३, २०८३

गायिका आस्था राउत प्रहरी नियन्‍त्रणमा

महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरी नियन्त्रणमा रहेकी छन्।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

काठमाडौं– महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत आफै प्रहरी नियन्त्रणमा पुगेकी छन्।

प्रहरीले अभद्र व्यवहारको आरोपमा पक्राउ पूर्जी जारी गरेपछि सोमबार बिहान उनी महानगरीय प्रहरी परिसर, टेकु पुगेकी हुन्।

परिसरका प्रवक्ता होबिन्द्र बोगटीले गायिका राउतलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको जानकारी दिए। प्रवक्ता बोगटीका अनुसार गायिका राउत परिवारसहित प्रहरी कार्यालय पुगेकी थिइन्। 

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गायिका राउतविरुद्ध गत माघ ५ मा पक्राउ पूर्जी जारी गरेको थियो। राउतविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा चेकजाँचमा खटिएका महिला प्रहरी रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको उजुरी परेको छ।

आस्थाले गत माघ १ मा विमानस्थलमा आफूमाथि दुर्व्यवहार भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन्। त्यसको केहीबेरमा उनले उक्त भिडियो हटाएकी थिइन्। सुरक्षा जाँचका क्रममा गायिका राउत र महिला प्रहरी श्रेष्ठसँग विवाद भएको थियो।

घटनाबारे अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 27, 2020| 10:09 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।